रसुवाको भोटेकोशी बाढीमा ४ हजार ८९ बेपत्ता, १ हजार ३९९ शव तथा अङ्ग फेला
रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य तीव्र पारिएको छ। नेपाल प्रहरीका अनुसार भदौ ३० गते बिहान ८ बजेसम्म ४ हजार ८९ जना अझै बेपत्ता छन्।
बेपत्तामध्ये ३ हजार ४७९ जना नेपाली र ६१० जना विदेशी नागरिक छन्। बाढी प्रभावित क्षेत्रबाट हालसम्म ९ हजार २८७ जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ।
बाढीपछि हालसम्म १ हजार ३९९ वटा शव तथा आंशिक अङ्ग फेला परेका छन्। तीमध्ये १०३ वटा शव आफन्तलाई हस्तान्तरण गरिएको छ भने १ हजार २३० वटा शव जमिनमुनि सुरक्षित रूपमा व्यवस्थापन गरिएको छ।
शव पहिचानका लागि हालसम्म ३ हजार १७५ वटा डीएनए नमुना संकलन गरिएको छ। यस्तै, उद्धार गरिएकामध्ये ३ हजार ८८० जना अहिले विभिन्न होल्डिङ सेन्टरमा रहेका छन्।
खोज, उद्धार तथा राहतका लागि प्रभावित क्षेत्रमा ७ हजार ९७५ जना प्रहरी परिचालन गरिएको प्रहरीले जनाएको छ।