सुनको मूल्य फेरि उकालो, तोलामा १,४०० रुपैयाँले वृद्धि
स्थानीय बजारमा आज पनि सुनको मूल्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा १,४०० रुपैयाँले बढेको हो।
आज सुन प्रतितोला २ लाख ८८ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार सुनको मूल्य २ लाख ८७ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी चाँदीको मूल्य पनि बढेको छ। चाँदी प्रतितोला ४० रुपैयाँले बढ्दै ४ हजार ७३० रुपैयाँ पुगेको महासंघले जनाएको छ। बजारमा अन्तर्राष्ट्रिय मूल्यको प्रभावका कारण सुनचाँदी दुवैको मूल्य निरन्तर उतारचढावमा रहेको बताइएको छ।