झापामा सर्पदंशबाट ८८ वर्षीया वृद्धाको मृत्यु
झापाको गौरीगञ्ज गाउँपालिका–४ बाइसेटोलमा विषालु सर्पले डस्दा एक वृद्धाको मृत्यु भएको छ। ८८ वर्षीया पञ्चमाया शेर्मालाई आइतबार साँझ कुखुराको खोरको ढोका लगाउने क्रममा सर्पले डसेको थियो।
घाइते शेर्मालाई उपचारका लागि बिर्तामोडस्थित बिएण्डसी अस्पताल लगिएको भए पनि उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।