भाजपा मुख्यालयमा रास्वपा प्रतिनिधिमण्डलको राजनीतिक भेटवार्ता हुँदै
काठमाडौं, १९ जेठ । भारतीय जनता पार्टी (भाजपा) को निमन्त्रणामा भारत भ्रमणमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने नेतृत्वको प्रतिनिधिमण्डलले आज नयाँ दिल्लीमा राजनीतिक भेटवार्ता गर्ने भएको छ।
भ्रमण टोलीले नयाँ दिल्लीस्थित भाजपा मुख्यालयमा भाजपा अध्यक्ष नितिन नवीनसहित उच्च तहका नेताहरूसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।
भेटवार्तामा दुई देशका लोकतान्त्रिक शक्तिहरूबीच दलगत अनुभव आदान–प्रदान, राजनीतिक सहकार्य तथा नेपाल–भारत सम्बन्ध सुदृढीकरणका विषयमा केन्द्रित रहेर छलफल हुने रास्वपाले जनाएको छ।
पार्टीगत सम्बन्ध विस्तार तथा आपसी हितका विषयमा संवाद गर्ने उद्देश्यसहित सभापति लामिछाने नेतृत्वको टोली सोमबार दिल्ली प्रस्थान गरेको हो।