राजेन्द्र महतो सप्तरी–२ बाट सिफारिस
राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोको नाम सप्तरी–२ बाट सिफारिस भएको छ । महतो फागुन २१ गते हुने प्रतिनिधिसभा चुनावको उम्मेदवारमा सिफारिस भएका हुन् ।
अध्यक्ष महतो सर्लाहीबाट चुनाव लड्ने लगभग निश्चित भइसकेको छ । सप्तरी–२ को क्षेत्रीय समितिले अध्यक्ष महतोसहित पार्टीका महासचिव केशव झा र नेता महेश यादवको नाम सोही क्षेत्रबाट सिफारिस गरेको राष्ट्रिय मुक्ति पार्टी नेपालले जनाएको छ । सप्तरीको क्षेत्र नम्बर ३ बाट सोही पार्टीका नेता चन्द्रकान्त चौधरी र गजेन्द्रकुमार मण्डललाई सिफारिस गरिएको छ ।