एनपीएल सिजन २ मा तीन खेलाडीले बाइक जिते
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ मा उत्कृष्ट प्रदर्शन गर्ने तीन खेलाडीले बाइक पुरस्कार प्राप्त गरेका छन्।
विराटनगर किङ्सका कप्तान सन्दीप लामिछाने उत्कृष्ट बलर बनेर, लुम्बिनी लायन्सका कप्तान रोहित पौडेल उत्कृष्ट ब्याटर बनेर, र लुम्बिनी लायन्सका शेर मल्ल बेस्ट राइजिङ खेलाडी बनेर बाइक जितेका हुन्।
बाइक प्राप्त गर्दै शेर मल्लले भने, “यो मेरो जीवनकै पहिलो बाइक हो।” पुरस्कार नेपाल क्रिकेट संघले प्रदान गरेको हो।