एनपीएलमा जनकपुर बोल्ट्सको सातौँ विकेट पतन
काठमाडौँ — नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सबीच त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी खेलमा जनकपुरले सातौँ विकेट गुमाएको छ। टस जितेर पहिले ब्याटिङ थालेको जनकपुरको सातौँ विकेट १८ ओभर २ बलमा खसेको हो।
जनकपुरका आदित्य महता सुदूरपश्चिमका स्कट कुगलाइनको बलमा आउट भएका हुन्। आउट हुनुअघि महताले १३ बलमा १५ रन जोडेका थिए।
खेल जारी छ।