नेपालले अमेरिकाविरुद्ध चौथो विकेट गुमायो, रोहित पौडेल आउट
काठमाडौँ । आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालले अमेरिकाविरुद्ध चौथो विकेट गुमाएको छ।
दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा अमेरिकाले दिएको २६३ रनको लक्ष्य पछ्याइरहेको क्रममा नेपालका ब्याट्सम्यान रोहित पौडेल २१औँ ओभरको चौथो बलमा शुभम रन्जानेको बलमा क्याच आउट भएका हुन्। यसअघि नेपालका आसिफ शेख ३७ रन बनाउँदै आउट भएका थिए।
खेलको समाचार तयार गर्दा सम्म २१.३ ओभरमा नेपालले ४ विकेटको क्षतिमा ७९ रन बनाएको छ। नेपालले लक्ष्य पछ्याइरहेको अवस्थामा अझै खेल बाँकी रहँदा टोलीको स्थिति नाजुक रहेको छ।