अमेरिकासँग नेपाल पराजित
आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत अमेरिका विरुद्धको खेलमा नेपाल पराजित भएको छ । लिग टु को १५औं सिरिज अन्तर्गत युएईको दुबईमा भएको पहिलो खेलमा नेपाल अमेरिकासँग १०६ रनले पराजित भएको हो ।
स्पीनर हर्मित सिंहले सानदार बलिङ गर्दै ६ विकेट लिएपछि अमेरिकाले दिएको २६३ रनको लक्ष्य पछ्याएको नेपाल ३९.१ ओभरमा १५६ अलआउट भयो ।
नेपालका लागि दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ४० रन बनाए भने आसिफ शेखले ३७ तथा भिम शार्कीले २९ रन जोडे । आरिफ शेखले २० रन बनाए । नेपाललाई हलआउट गर्न अमेरिकाका हर्मित सिंहले ८.१ ओभरमा १ मेडन राख्दै २७ रन खर्चेर ६ विकेट लिए ।