त्रिदेशीय महिला टी-२०मा नेपाल आज थाइल्याण्डसँग प्रतिस्पर्धा गर्दै
काठमाडौँमा जारी नेपाल, नेदरल्याण्ड्स र थाइल्यान्ड सम्मिलित त्रिकोणात्मक महिला टी-२० अन्तर्राष्ट्रिय शृङ्ङ्खलाको आफ्नो चौथो खेलमा आज नेपालले थाइल्याण्डसँग खेल्दै छ ।
खेल दिउँसो सवा १२ बजेदेखि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरु हुँदै छ। पछिल्ला तीनवटै खेलमा पराजित भएको नेपालका लागि यस खेल जित्नैपर्ने दबाब रहनेछ । आजको खेलमा पराजित भएमा शृङ्खला जित्ने सम्भावना सकिनेछ ।
यसअघि भएका तीन खेलमा नेपाल पराजित भएको छ । थाइल्यान्डले भने तीनवटै खेलहरू जितेको छ । यस खेल जितेमा थाइल्यान्ड शृङ्खला जित्ने बलियो अवस्थामा पुग्नेछ ।
श्रृंखलामा सबै टोलीले एक अर्कासँग ३-३ खेल खेल्ने छन् । नेपालले यसपछि माघ २३ मा नेदरल्याण्ड्स र माघ २५ मा थाइल्याण्डसँग खेल्ने छ ।