विश्व टेस्ट च्याम्पियनसिपको पाँचौँ खेलमा भारतलाई हराउँदै अस्ट्रेलिया फाइनलमा प्रवेश
भ्रमणकारी टोली भारतविरुद्धको पाँचौं तथा अन्तिम टेस्ट क्रिकेटमा अस्ट्रेलिया विजयी भएको छ । बोर्डर-गावस्कर शृङ्खलाअन्तर्गतको अन्तिम टेस्टको तेस्रो दिन आइतबार नै अस्ट्रेलियाले भारतलाई ६ विकेटले हराएको हो ।
जितसँगै अस्ट्रेलियाले पाँच टेस्टको शृङ्खला पनि ३-१ ले आफ्नो पक्षमा पारेको छ । अस्ट्रेलियासँग पराजित भएसँगै आईसीसी विश्व टेस्ट च्याम्पियनसिपको फाइनलमा पुग्ने भारतको सम्भावना पनि समाप्त भएको छ ।
अस्ट्रेलिया भने टेस्ट च्याम्प्यिनसिपको फाइनलमा पुग्ने दोस्रो टोली बनेको छ । दक्षिण अफ्रिका यसअघि नै टेस्ट च्याम्पियनसिपको फाइनलमा पुगिसकेको छ । सिड्नीमा खेलिएको अन्तिम टेस्टको तेस्रो दिन अस्ट्रेलियाले एक सय ६२ रनको लक्ष्य चार विकेट गुमाएर पुरा ग¥यो ।
त्यसअघि भारतीय टोली भने आफ्नो दोस्रो पालीमा केवल एक सय ५७ रन बनाउँदै अलआउट भएको थियो । अस्ट्रेलियाले आफ्नो पहिलो पालीमा एक सय ८१ रन बनाएको थियो । पाँचौं टेस्टमा टस जिती पहिले ब्याटिङको निर्णय लिएको भारतले आफ्नो पहिलो पालीमा एक सय ८५ रन बनाएको थियो
I