कर्णालीविरुद्ध टस जितेर पहिले बलिङ गर्दै लुम्बिनी
लुम्बिनीले टस जितेर कर्णाली याक्सविरुद्ध पहिले बलिङ गर्ने निर्णय गरेको छ । प्लेअफ होडबाट बाहिरसकेको लुम्बिनी लिगकै अन्तिम खेल खेल्दैछ ।
कर्णाली याक्स लुम्बिनीलाई हराएर प्लेअफ यात्रा अझ बलियो बनाउने लक्ष्यमा छ । लुम्बिनी ५ खेलमा ४ मा हार व्यहोरिसकेको छ भने कर्णालीले ५ खेलमा ३ मा जित निकालेको छ ।