टिपरको ठक्करबाट महिलाको मृत्यु, प्रहरी कार्यालयमा ढुंगामुढा
विराटनगर । टिपरको ठक्करबाट महिलाको मृत्यु भएपछि मोरङको उर्लाबारीमा प्रदर्शन भएको छ । आक्रोसित बनेको भीडले प्रहरी कार्यालयमा ढुंगामुढा पनि गरेको छ ।
साेमबार साझ मधुमल्लाबाट उर्लाबारीतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००१ क १०९० नम्बरको टिपरले सोही दिशातर्फ आउँदै गरेको प्रदेश १–०१–०१४ प ६८३३ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो । ठक्करबाट स्कुटर चालक उर्लाबारी–६ की अन्दाजी २७ वर्षीया सीता बोहोराको मृत्यु मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए ।