विदेशी मुद्राको विनिमय दर आज कति छ त...
काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।
बुधबार बढेको अमेरिकी डलर, यूरो, बेलायती पाउण्ड र कतारी रियालको विनिमयदर बिहीबार सामान्य अंकले घटेको हो। त्यस्तै, अमेरिकी डलर एकको खरिद दर १ सय ३३ रुपैयाँ १० पैसा र बिक्री दर १ सय ३३ रुपैयाँ ७० पैसा पुगेको छ।
यूरो एकको खरिद दर १ सय ४४ रुपैयाँ ५९ पैसा र बिक्री दर १ सय ४५ रुपैयाँ २४ पैसा रहेको हो। त्यस्तै, बेलायती पाउण्ड एकको खरिद दर १ सय ७० रुपैयाँ शून्य पैसा र बिक्री दर १ सय ७० रुपैयाँ ७६ पैसा रहेको छ।
कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५१ पैसा र बिक्री दर ३६ रुपैयाँ ६७ पैसा रहेको राष्ट्र बैंकले जनाएको हो।