चितवनको इच्छाकामनामा पहिरो जाँदा मुग्लिन–मलेखु सडकखण्ड अवरूद्ध
काठमाडौं । चितवनको इच्छाकामना गाउँपालिका–३ स्थित फिस्लिङ र मौवाखेलाकोबीचमा पहिरो जाँदा पृथ्वी राजमार्गको मुग्लिन मलेखु सडकखण्ड अवरुद्ध बनेको छ ।
सडक निर्माणका क्रममा खनेको ठाउँमा सोमबार बिहान पहिरो खस्दा राजमार्गमा सवारी साधान आवतजावत रोकिएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको हो । पहिरोका कारण गन्तव्यमा हिंडेका सवारीसाधन बाटोमा नै रोकिएका छन् ।
कार्यालयका अनुसार अहिले पहिरो पन्छाउने काम जारी रहेको प्रहरीले बताएको हो ।