गृहमन्त्री लामिछानेको निर्णयमा सर्वोच्च अदालतको अंकुश, ट्राफिक नियम उल्लंघन गर्नेलाई सडकमा नखटाउन अन्तरिम आदेश जारी
काठमाडौं । सर्वोच्च अदालतले ट्राफिक नियम उल्लंघन गर्नेलाई सडकमा स्वयंसेवकका रुपमा नखटाउन अन्तरिम आदेश जारी गरेको छ।
न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले आइतबार प्रारम्भिक सुनुवाईपछि कारण देखाउसहित अन्तरिम आदेश जारी गरेको हो। गृहमन्त्री लामिछानेले सडकमा ट्राफिक नियम उल्लघंन गर्नेलाई स्वयंसेवकको रुपमा खटाउन मातहतका निकायलाई निर्देशन दिनुभएको थियो।
उक्त कार्य तत्काल बन्द गर्न अन्तरिम आदेश माग गर्दै कृष्ण बिकसहितले सर्वोच्चमा रिट दायर गरेका थिए। रिटमा सामान्य गल्तीमा समेत सडकमा उभ्याई बलपूर्वक सवारी नियमनको काममा लगाउदा समग्र चालकहरूको हकहितमा गम्भीर असर परेको दावी गरिएको छ।