विदेशी मुद्राको विनिमय दर आज कति होला...
काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।
मंगलबार घटेको अमेरिकी डलर, यूरो, बेलायती पाउण्ड र कतारी रियाल सबैको मूल्य बुधबार भने बढेको हो । बेलायती पाउण्डको मूल्य १ सय ७० रुपैयाँ नाघेको छ ।
त्यस्तै, अमेरिकी डलर एकको खरिद दर १ सय ३३ रुपैयाँ ३६ पैसा र बिक्री दर १ सय ३३ रुपैयाँ ९६ पैसा पुगेको हो। यूरो एकको खरिद दर १ सय ४४ रुपैयाँ ९४ पैसा र बिक्री दर १ सय ४५ रुपैयाँ ५९ पैसा रहेको छ।
त्यस्तै, बेलायती पाउण्ड एकको खरिद दर १ सय ७० रुपैयाँ ११ पैसा र बिक्री दर १ सय ७० रुपैयाँ ८८ पैसा रहेको हो। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५८ पैसा र बिक्री दर ३६ रुपैयाँ ७४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।