देशका ७ वटै प्रदेशमा आज मेघगर्जन/चट्यांगसहित मध्यमदेखि भारी वर्षाको सम्भावना
काठमाडौं । हाल देशैभरी मनसुनी वायुको आंशिक प्रभाव रहेको छ।
बुधबार बिहान देशैभरी आंशिकदेखि साधारणतया बदली रहेको हो । बागमती, कोशी, गण्डकी प्रदेश र बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
बुधबार दिउँसो भने कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा पूर्ण बदली हुने भएको हो । त्यस्तै, बाँकी भू-भागमा भने आंशिकदेखि साधारणतया बदली हुने भएको छ।
कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको समेत सम्भावना रहेको हो । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।
बुधबार राति भने कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा पूर्ण बदली हुने भएको हो । त्यस्तै, बाँकी भू-भागमा आंशिकदेखि साधारणतया बदली हुने भएको छ । कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको हो।
त्यस्तै, कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशखाले जनाएको छ ।