एमालेका उपमहासचिव रिमालको नेतृत्वमा ३० सदस्यीय टोली आज चीन भ्रमणमा जाँदै
काठमाडौं । नेकपा एमालेका उपमहासचिव विष्णु रिमालसहित ३० सदस्यीय टोली मंगलबार चीन भ्रमणमा जाने भएको छ ।
चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) विदेश विभागको निमन्त्रणामा सोही टोली दिने चीन भ्रमणमा जान लागेको हो । भ्रमणका क्रममा चिनियाँ कम्युनिष्ट पार्टीको उच्च तहसँग भेटवार्ता हुने जनाइएको छ ।
टोलीले चीनको बेइजिङसहित विभिन्न प्रान्तको भ्रमण गर्ने भएको हो । चीन भ्रमणमा रहने प्रतिनिधिमण्डललाई अध्यक्ष केपी शर्मा ओलीले सोमबार नै आवश्यक निर्देशन दिनुभएको छ ।
भ्रमण दलमा नेता भानुभक्त ढकाल, सुजिता शाक्य, विनोद श्रेष्ठ, लालबहादुर थापा, नागेन्द्र शाही, जीवन गौतम, इन्दिरादेवी गौतम, सांसद महेश बस्नेत, सरस्वती सुब्बा र मधेश प्रदेश अध्यक्ष चन्द्रेश्वर मण्डललगायतको टोली जाने भएका हुन् ।