निर्वाचन आयोगको आयुक्तमा कृष्णमान प्रधानको नाम सिफारिस
काठमाडौं । सरकारले निर्वाचन आयोगको आयुक्तमा कृष्णमान प्रधानको नाम सिफारिस गरेको छ ।
संवैधानिक परिषदको आइतबार बसेको बैठकले प्रधानलाई निर्वाचन आयुक्तमा सिफारिस गर्ने निर्णय गरेको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा बसेको बैठकमा सभामुख देवराज घिमिरे, उपसभामुख ईन्दिरा राणा, प्रधानन्यायाधीश, प्रमुख प्रतिपक्षी दलको नेता र राष्ट्रिय सभाका अध्यक्ष सहभागी भएका छन् ।