राष्ट्रिय सरकार गठन गर्नका लागि संसदमा कांग्रेसले राख्यो प्रस्ताव
काठमाडौं । नेपाली कांग्रेसका सांसद संजयकुमार गौतमले राष्ट्रिय सरकार गठनको प्रस्ताव गर्नुभएको छ ।
प्रतिनिधि सभाको मंगलबार बसेको बैठकमा विशेष समयमा बोल्दै उहाँले जनतामा रहेको निराशा चिर्न र आशा जगाउने गरी काम गर्नका लागि राष्ट्रिय सरकार आवश्यक भएको बताउनुभएको हो । उहाँले भन्नुभयो,-'यहि संसदभित्रबाट हामीले राष्ट्रिय सरकार निर्माण गर्न सक्छौं । एउटा बडो डेमोक्रेटिक अलाइन्सको कल्पना गरौं।'
राष्ट्रिय सरकार बनाएर आवश्यक ठाउँमा संविधान संशोधन गर्ने र जनतालाई सुशासनको प्रत्याभूति दिलाउन सकिने उहँको भनाइ छ । यसो गरे जनतामा आशा र भारोसको संचार गराउन सकिने उहाँको तर्क थियो । २०७४ सालमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रको गठबन्धनलाई जनताले विश्वास गरेको पनि उहाँले बताउनुभयो ।
त्यसबेला ठिक ढंगले संविधान कार्यान्वयन गर्ने र मुलुकलाई ठिक दिशामा अगाडि बढाउन नसकेको उहाँको भनाइ थियो ।