नागार्जुनमा कार दुर्घटना हुँदा एक जनाको मृत्यु
काठमाडौं । नागार्जुन नगरपालिकास्थित रामकोटमा शुक्रबार कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
नागार्जुन नगरपालिका-६ खरिबोटका कार चालकको पूर्ण दर्नालको मृत्यु भएको हो । नागार्जुन-६ रामकोटस्थित छमछमे खोलाको कल्भर्टमा शुक्रबार बिहान साढे ५ बजे कार खस्दा दर्नालको मृत्यु भएको प्रहरीले बताएको छ।
दुर्घटनामा परेको कार कल्भर्टबाट निकालिएको छ। घटनाको बारेमा थप विवरण आउन बाँकी रहेको प्रहरीले बताएको हो।