आईसीसी टी-२० विश्वकप क्रिकेटमा १० वर्षपछि आज नेपालले नेदरल्याण्डससँग सामना गर्दै
काठमाडौं । आईसीसी टी-२० विश्वकप क्रिकेटमा मंगलबार राति नेपालले १० वर्षपछि नेदरल्याण्डसको सामना गर्ने भएको छ ।
सोही खेल अमेरिकाको ड्यालसमा नेपाली समय अनुसार मंगलबार राति सवाँ ९ बजेदेखि शुरु हुने भएको हो । टी-२० विश्वकपमा नेपालले १० वर्षपछि खेल्न लागेको छ । यसअघि नेपालले पछिल्लो पटक सन् २०१४ मा ट्वान्टी २० विश्वकप खेलेको थियो ।
नेदरल्याण्डस ट्वान्टी २० विश्वकपमा नेपालको चौथो प्रतिद्वन्द्वी पनि हो । नेपालले सन् २०१४ मा हङकङ, बंगलादेश र अफगानिस्तानविरुद्ध प्रतिस्पर्धा गरेको थियो ।
नेपाल र नेदरल्याण्डसबीचको खेल अघि मंगलबार अन्य २ खेल हुने भएका छन् । पहिलो खेलमा समूह ‘सी’ का अफगानिस्तान र युगान्डाबीच अहिले प्रतिस्पर्धा भइरहेको हो । दुवै टिम पहिलो पटक आईसीसीबाट मान्यता प्राप्त क्रिकेटमा आमने-सामने भएका छन् । सोही खेल मंगलबार बिहान सवाँ ६ बजेदेखि शुरु भएको छ ।
मंगलबारको दोस्रो खेलमा समूह ‘बी’ का इंग्ल्यान्ड र स्कटल्यान्डबीच प्रतिस्पर्धा हुने भएको हो । सोही खेल मंगलबार राति सवाँ ८ बजेदेखि शुरु हुने भएको छ ।