कांग्रेसका सभापति देउवासँगको भेटलाई लिएर कोही आत्तिनु पर्दैन: अध्यक्ष नेपाल
काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाससहितका प्रतिपक्ष दलका नेताहरुसँगको भेटलाई लिएर आत्तिनुपर्ने आवश्यकता नरहेको बताउनुभएको छ।
आइतबार काठमाडौंमा पार्टीले आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले यस्तो बताउनुभएको हो । उहाँले आफ्नो पार्टी राजनीतिको महत्वपूर्ण घटक भएको र सबै नेताहरुसँग छलफल चल्ने कुरा स्पष्ट रहेको बताउनुभयो।
सबैले नेताहरुसँग भेट गर्न र सम्पर्क बढाउन पाउने उहाँको भनाइ छ। सरकारमा कुनै असमझदारी नबनाउन आफूले यसको बारेमा प्रधानमन्त्री पुष्पकमल दाहाललाई जानकारी गराएको पनि उहाँले बताउनुभयो।
देशको राजनीति कति बेला के हुन्छ भन्न सक्ने स्थितिमा नरहेको पनि उहाँको ततर्क थियो । आफ्नो पार्टी दुई वटा नाउमा खुट्टा हिंड्ने खाले नरहेको पनि उहाँले बताउनुभएको छ ।
अहिलेको अन्योललाई टुंग्याउनैपर्ने अवस्था रहेको र सरकारमा बस्ने कि नबस्ने भन्नेमा पार्टीको बैठकले टुंगो लगाउने अध्यक्ष नेपालले बताउनुभयो ।