काठमाडौंसहित देशैभरी तापक्रम घट्यो
काठमाडौं । धनगढीमा ४४ दशमलव १ डिग्री मापन गरिएको तापक्रम त्यसको २ दिनपछि शनिबार देशभरकै तापक्रम घटेको छ ।
नेपालगञ्जमा यहि जेठ १७ गते वर्षकै सबै भन्दा धेरै ४४ दशमलव २ डिग्री सेल्सियस तापक्रम भएको थियो । ठाउँ-ठाउँमा वर्षा भएकाले अधिकतम तापक्रममा गिरावट आएको मौसम पूर्वानुमान महाशाखाले जनाएको हो ।
विभागले शनिबार साँझ ६ बजे अद्यावधिक गरेको तापक्रमको विवरण अनुसार रेकर्ड ब्रेक गरेको नेपालगञ्जको तापक्रम शनिबार ४१ दशमलव ४ डिग्रीमा झरेको छ । त्यस्तै, धनगढीमा ४० दशमलव ७ डिग्री रहेको हो ।
सोही दिन पोखरामा ३४ र काठमाडौंमा ३४ दशमलव ४ डिग्री तापक्रम मापन भएकामा शनिबार झरेर पोखरामा अधिकतम तापक्रम ३१ दशमल ५ र काठमाडौंमा ३२ डिग्री रहेको रहेको छ । जेठ १७ गते बिहीबार विराटनगरमा ४१ डिग्री थियो । शनिबार त्यहाँ ३४ मा झरेको तथा दाङको घोराहीमा ४० दशमलव २ डिग्री रहेकामा शनिबार ३५ दशमलव २ डिग्रीमा झरेको छ ।
मौसम पूर्वानुमान महाशाखाले सार्वजनिक गरेको देशभरको तापक्रम मापनको विवरण अनुसार शनिबार दीपायलमा ३९ दशमलव ४, वीरेन्द्रनगरमा ३८ दशमलव १, डडेलधुरामा ३१ दशमलव ४, जुम्लामा २८ दशमलव ९, भैरहवामा ३७ दशमलव २, सिमरामा ३६ दशमलव ६, ओखल्ढुङ्गामा २८, ताप्लेजुङमा २६ दशमलव ८ र धनकुटामा ३० दशमल ५ डिग्री अधिकतम तापक्रम मापन गरेको हो ।
त्यस्तै, जोमसोममा, २२ दशमलव ५, धरानमा ३३ दशमलव ६, लुम्लेमा २५ दशमलव ५, जनकपुरमा ३५ दशमलव ८ र दोलखाको जिरीमा २४ दशमलव ४ डिग्री तापक्रम मापन भएको महाशाखाले जानकारी दिएको छ ।