जननेता मदन भण्डारीको ७३ औं जन्मजयन्ती आज विविध कार्यक्रम गरी मनाइँदै
काठमाडौं । नेकपा एमालेले शुक्रबार जननेता मदन भण्डारीको ७३ औं जन्मजयन्ती विविध कार्यक्रम गरी मनाउँदैछ ।
जननेता भण्डारीको जन्मजयन्तीको अवसरमा मदन भण्डारी फाउण्डेसनले शुक्रबार विविध कार्यक्रमको समेत आयोजना गर्ने भएको हो । एमालेका तत्कालिन महासचिव भण्डारीले ‘जनताको बहुदलीय जनवाद जबजको प्रतिपादन गर्नुभएको थियो।
२०४९ माघ १४-२० मा सम्पन्न एमालेको पाँचौं राष्ट्रिय महाधिवेशनमा जननेता भण्डारीबाट प्रस्तुत र पारित ‘नेपाली क्रान्तिको कार्यक्रम जनताको बहुदलीय जनवाद’ अहिले पनि एमालेको मार्गदर्शक सिद्धान्तका रुपमा रहेको छ ।
२०५० साल जेठ ३ गते पार्टीको कामको सिलसिलामा पोखराबाट चितवन जाने क्रममा दासढुंगा दुर्घटनामा मदन र संगठन विभाग प्रमुख जीवराज आश्रितको निधन भएको थियो ।