एमालेको राष्ट्रिय महिला भेलामा २ सय २९ जनाको पाठेघरको क्यान्सर ‘स्क्रिनिङ’
काठमाडौं । नेकपा एमाले राष्ट्रिय महिला भेलाका क्रममा २ सय २९ जनाको पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ गरिएको छ ।
राष्ट्रिय स्वास्थ्यकर्मी महासंघको आयोजनामा भेलामा सहभागी ती महिलाहरूको ‘पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ’ गरिएको हो । महासंघका उपाध्यक्ष शारदा खनालले २ सय २९ जनाको ‘एचपिभि डिएन प्रविधि’बाट पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ गरिएको बताउनुभयो । उहाँले स्क्रिनिङको नतिजा एक महिनापछि मात्र प्राप्त हुने जानकारी दिनुभएको छ।
अधिकांश दिदीबहिनीहरु पाठेघरको मुखको क्यान्सरबाट पीडित भएको पाइएको उहाँले बताउनुभएको हो । अन्य मुलुकमा स्तनक्यान्सरका बिरामी अधिक भेटिएको उहाँको भनाइ छ । समय–समयमा पाठेघर र स्तन परीक्षण गराउन उपाध्यक्ष शर्माले सुझाव समेत दिनुभयो ।