प्रमुख प्रतिपक्षी दल कांग्रेससहितका विपक्षी दलको बैठक आज बस्दै
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहितका विपक्षी दलहरुको बैठक मंगलबार बस्ने भएको छ ।
सोही बैठक मंगलबार बिहान १० बजे संघीय संसद भवन नयाँबानेश्वरस्थित प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाको कार्यकक्षमा बस्ने भएको हो । बैठकमा मंगलबार सरकारले प्रस्तुत गर्ने आगामी आर्थिक वर्षको बजेट पेश गर्ने क्रममा संसदमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल हुने भएको छ ।
त्यस्तै, सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठनका लागि सत्ता पक्षसँग भएको सझदारीका विषयमा पनि छलफल हुने भएको हो । संसदमा विपक्षमा रहेका अन्य दलहरुले पनि सहकारी ठगी प्रकरणमा छानबिन समिति गठन गर्नुपर्ने कांग्रेसको मागमा समर्थन गर्दै आएका छन् ।