देशका अधिकांश स्थानमा आज पनि मेघगर्जन/चट्यांगसहित मध्यम वर्षाको सम्भावना
काठमाडौं । नेपालमा स्थानीय वायु-पश्चिमी वायूको आंशिक प्रभावसँगै भारतको बीहार आसपास रहेको न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको छ।
शुक्रबार बिहान कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेशमा सामान्य बदली रहेको हो । साथै बाँकी भू-भागमा भने आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ। त्यस्तै, कोशी प्रदेश केही स्थानमा मेघगर्जन/चट्यांगसहित हल्का वर्षा भैरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको हो ।
शुक्रबार दिउँसो भने कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली हुने भएको छ । त्यस्तै, बाँकी भू-भागमा भने आंशिक बदलीदेखि मौसम मुख्यतया सफा हुने भएको हो ।
कोशी, बागमती, गण्डकी, मधेश र लुम्बिनी प्रदेशका पहाडी भू-भागका केही स्थानमा मेघगर्जन/चट्यांगसहित हल्का वर्षाको समेत सम्भावना रहेको छ। त्यस्तै, कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी/हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको समेत सम्भावना रहेको महाशाखाले जनाएको हो ।
शुक्रबार राति भने कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली हुने भएको छ । साथै बाँकी भू-भागमा भने आंशिक बदलीदेखि मौसम मुख्यतया सफा हुने भएको हो ।
कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागका केही स्थानमा मेघगर्जन/चट्यांगसहित हल्कादेखि मध्यम वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।