नेपालले गुमायो सातौँ विकेट
काठमाडौँ । ओमानमा जारी एसीसी प्रिमियर कप टी–२० क्रिकेट प्रतियोगिताको संयुक्त अरब इमिरेट्स (यूएई)विरुद्धको सेमिफाइनल खेलमा नेपालले आफ्नो सातौँ विकेट गुमाएको छ । नेपालले सातौँ विकेटका रुपमा सोमपाल कामीलाई गुमाएको हो ।
सोमपाल तीन बलमा दुई रन बनाउँदै पेभेलियन फर्किएका हुन् । उनलाई यूएईका बलर बासिल हमिदले मुहम्मद फारुकद्वारा क्याच गराएका हुन् । १५.३ ओभरमा उनी आउट हुँदा नेपालले ८९ रन बनाएको छ । यूएईले टस जिती नेपाललाई पहिले ब्याटिङको निम्तो दिएको हो ।