रेफ्रीलाई मुक्का हानेपछि टर्किस सुपर लिगका खेल स्थगित
रेफ्रीमाथि मुक्का प्रहार गरेपछि टर्कीमा एक क्लबका अध्यक्षले टर्किस सुपर लिगका खेलहरु स्थगित भएका छन् ।
सोमबार शीर्ष श्रेणी अन्तर्गत एमकेई अन्कारगुकु र काएकुर रिजेस्पोरबीच भएको खेलमा एमकेई अन्कारगुकुका अध्यक्ष फारुक कोकाले मैदान प्रवेश गर्दै रेफ्री हालिल उमुत मेलरलाई मुक्का प्रहार गरेका थिए ।
लिगका सबै खेल तत्कालको लागि स्थगित गरेको टर्की फुटबल संघका अध्यक्ष मेहमेत बुयुकेक्सीले बताएका छन्। ९७औं मिनेटमा काएकुरले बराबरी गोल गरेपछि कोका मैदान प्रवेश गरेका थिए र रेफ्री विरुद्ध उत्रिएका थिए ।
मुक्का प्रहार भएपछि रेफ्री मेलर मैदानमै ढलेका थिए । उनको उपचारमा संलग्न फिजिसियन डक्टर मेहमेत युरोबुलुटले ठूलो चोट भने नरहेको बताएका छन् ।