त्रिदेशीय टि-२० सिरिज आजदेखि, युएईसँग खेल्दै नेपाल
नेपाल, युएई र हङकङबीचको त्रिदेशीय टि-२० सिरिज आजदेखि सुरू हुँदैछ।
सिरिजको पहिलो खेलमा नेपाल र युएई खेल्दैछन्।
खेल दिउँसो १ बजेदेखि मुलपानी क्रिकेट ग्राउन्डमा हुनेछ।
नेपालले पहिलोपटक घरेलु मैदानमा युएईसँग टि-२० खेल्दैछ। टि-२०मा हालसम्म भएका पाँच भेटमा युएईले ३ र नेपालले २ खेल जितेको छ।
नेपालले सिरिजको अर्को खेल कात्तिक ३ गते (पर्सी) हङकङसँग खेल्नेछ।
सिरिजमा लिग चरणका सबै खेल मुलपानी क्रिकेट ग्राउन्ड र फाइनल खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुनेछ।