एसियाडमा ह्यान्डबलका सबै प्रतिस्पर्धामा नेपाल पराजित
चीनको हान्झाउमा जारी १९औं एसियाड अन्तर्गत महिला ह्यान्डबलमा नेपाल सबै खेलमा पराजित भएको छ ।
भारतसँग समूहको अन्तिम खेलमा पराजित भएपछि नेपालको चुनौती शनिबार समाप्त भएको छ । समूह बी को चौथो तथा अन्तिम खेलमा भारतले नेपाललाई ४४–१९ ले पराजित गर्यो ।
नेपालका लागि कप्तान बन्दना राईले ७, उमा राईले ६, कल्पना सिन्जाली र आइत लोमु शेर्पाले समान २–२ तथा सम्झना कुमाल र रामकुमारी चौधरीले समान १–१ गोल गरे । यसअघि नेपाल चीनसंग ५७–१० ले, जापानसंग ६२–१० ले र हङकङसँग २७-१८ ले पराजित भएको थियो
।