विवादित ल्यारक्याल लामालाई लुम्बिनी विकास कोषको उपाध्यक्ष बनाउने तयारी
सरकारले लुम्बिनी विकास कोषको उपाध्यक्षमा विवादित छवि भएका ल्यारक्याल लामालाई नियुक्त गर्ने तयारी गरेको छ ।
मंगलबार सिंहदरबारमा बस्ने मन्त्रीपरिषद्को बैठकले लामालाई कोषको उपाध्यक्ष बनाउने तयारी गरेको हो । माओवादी केन्द्रका केन्द्रीय सदस्य लामालाई कोषको उपाध्यक्षमा सिफारिस गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीलाई निर्देशन दिएको उच्च स्रोत बताउँछ ।
त्यसो त कोषको उपाध्यक्षमा गायिका आनी छोइङ डोल्मा, यसअघिका उपाध्यक्ष अवधेशकुमार त्रिपाठी (भिक्षु मैत्तेय) र सिद्धार्थ महर्जन र कोषका पूर्वसदस्य भिक्षु कुन्डय र स्थानीय सुमार्ग भिक्षुको नाम पनि चर्चामा छ । साउन ९ गते त्रिपाठीको म्याद सकिएपछि सरकारले कोषको नयाँ उपाध्यक्ष नियुक्त गर्न लागेको हो ।
मन्त्री किराँतीले कोषको उपाध्यक्षका लागि लामासँगै अन्य चार÷पाँच जनाको नाम छलफलमा आएको बताए । उनले भने,‘ कसलाई बनाउने भन्ने टुंगो लागेको छैन, छलफलमा चार÷पाँच जनाको नाममा लामाको पनि कुरा चलेको छ, ।’