नेपाल काभा महिला भलिबल च्यालेन्ज कपमा तेस्रो
काठमाडौं । उज्वेकिस्तानलाई ३—२ को सेटमा पराजितगर्दै नेपाल जारी काभामहिलाभलिबलच्यालेन्जकपमा तेस्रो भएको छ ।
आइतबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् राखेपको कभर्डहलमा सम्पन्न खेलमाउज्वेकिस्तानलाई ३—२ को सेटमा पराजितगर्दै नेपाल तेस्रो भएको हो । पहिलो सेट २५—२० ले गुमाएको नेपालले त्यसपछिका तीन सेटमा लगातार जितनिकाल्दै तेस्रो स्थानहासिल र्गयो ।
दोस्रो सेटमा उज्वेकिस्तानलाई २५—१६ले पछि पारेको नेपालले तेस्रो र चौथो सेटमा क्रमशः २५—१५ र २५—१३ को जितनिकाल्यो ।
सेमिफाइनलमा स्थानपक्का गरेका उज्वेकिस्तान र नेपालअन्तिम खेलमा पराजितहुँदा समूहउपविजेता बनेका थिए ।
आजहुने फाइनलमाभारत र काजकिस्तानउपाधिकालागिप्रतिस्पर्धा गर्दैछन् ।
भारत समूह ए बाट अपराजित रहँदै फाइनलपुगेको हो । भने, काजकिस्तान समूहबी मा अपराजित रह्यो ।
जेठ ८ गतेदेखि सुरू भएको प्रतियोगितामा नेपालसहित आठ राष्ट्रको सहभागिताथियो ।