टेबलटेनिसको अन्तर्राष्ट्रिय युथ स्पर्धातर्फ नेपालले पहिलो पटक स्वर्ण जित्यो
काठमाडौं । नेपालले दक्षिण एसियालीयुथ टेबलटेनिस च्याम्पियनसिपमा सोमबार स्वर्ण जितेको छ । नेपालले यु–१९ ब्वाइज टिम इभेन्टमा स्वर्ण जितेको टिम प्रशिक्षक सञ्जय अर्यालले जनाएका छन् ।
भारतको अरुणाचल प्रदेशस्थित इटानगरमाजारी प्रतियोगिताको उक्त स्पर्धामा नेपालले राउन्ड रोविनलिगमा सर्वाधिकअंक बटुल्दै स्वर्ण जितेको हो । सो स्पर्धामा नेपालसहित ४ राष्ट्रले प्रतिस्पर्धा गरेका थिए ।
नेपालले बंगलादेशलाई ३–० तथामाल्दिभ्सलाई ३–२ ले पराजित गरेको थियो । श्रीलंकासंग भने नेपाल ३–१ ले चुक्यो । नेपालबाट सुजल गडाल, विश्वबानियाँ, विशालगोले र सिद्धार्थ तामाङले प्रतिस्पर्धा गरेका थिए ।
अखिल नेपाल टेबलटेनिस संघका प्रथमउपाध्यक्षधर्ममानवज्राचार्यले युथको कुनैपनिअन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालले पहिलो पटक स्वर्ण जितेको हो ।