एसीसी प्रिमियर कप : ललित राजवंशीले चमत्कार देखाएको खेल पुनः वर्षाले स्थगित
काठमाडौं । नेपाल र युएईबीच जारी एसीसी प्रिमियर कपअन्तर्गतका फाइनल खेल पुनः रोकिएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा पहिलो ब्याटिङमा उत्रिएको युएईले २७ ओभर ३ बलमा ९ विकेटको क्षतिमा १०६ रन बनाउँदा खेलमा पुनः वर्षा बाधक बनेको हो । युएईका लागि आसिफ खानले सबैभन्दा बढी ४६ रन बनाए। उनलाई आठौं विकेटको रुपमा नेपालका ललित राजवंशीले आरिफ शेखबाट क्याचबाट आउट गराएपछि ललितले लगत्तै जाहुर खानलाई शून्यमा पेभेलियन फर्काएका छन् ।
ललित राजवंशीले लोभलाग्दो प्रदर्शनको सहयोगमा नेपालले युएईलाई सस्तोमा समेट्ने संकेत देखिएको छ ।
नेपालका लागि ललित राजवंशीले ४ ओभर ३ बल खेलेर ५ रन दिएर एक मेडन राख्दै ३ विकेट लिएका छन् । यस्तै करण केसीले र सन्दीप लामिछानेले २÷२ विकेट र सोमपाल कामी र गुल्सन झा १ ले समान एक एक विकेट लिए ।
वर्षाको कारण पुनः रोकिएको खेलमा नेपाली बलरहरु युएईका व्याट्सम्यानमाथि सुरु देखि हावी भएका थिए ।