वर्षाका कारण खेल अवरुद्ध
वर्षाका कारणखेल अवरुद्ध
काठमाडौं ।वर्षाका कारण एसीसी प्रिमियर कप अन्तर्गत जारी फाइनल खेल अवरुद्ध भएको छ ।
त्रिवि क्रिकेट मैदानमा जारी खेलको १६औँ ओभर सकिँदा रोकिएको हो ।
टस जितेर नेपालले फिल्डिङ गरिरहेको छ भने, यूएई ब्याटिङमा छ । यूएईले १६ ओभरको समाप्तिमा ६० रन जोडेर ५ विकेट गुमाइसकेको छ ।
केहीदिन देखि लगातार पानी परिरहेका ले आजको खेल पनि अवरुद्ध हुने सम्भावना छ ।