प्रथम अष्ट्रिया स्प्रिङ्ग ओपन पिकलबल खेल्न जाने नेपाली खेलाडीको विदाई
काठमाडौं । स्पेनको क्याडिज शहरमाआयोजनाहुने प्रथम अष्ट्रिया स्प्रिङ्ग ओपन–२०२३ पिकलबलप्रतियोगितामा सहभागीहुनजाने खेलाडीको विदाई गरिएको छ ।
शुक्रबार राष्ट्रिय खेलकुद परिषद् त्रिपुरेश्वरमाकआयोजितविदाई कार्यक्रममानेपालपिकल बल संघका अध्यक्षउमेशकुमार आचार्यले शुभकामनासहितराष्ट्रिय झण्डा प्रदान गरेर खेलाडी ज्याक्सन सुवेदीकोबिदाई गरे ।
विदाई कार्यक्रममा संघका महासचिव रणविर सिंह क्षेत्री, कोषाध्यक्ष ज्ञानु गोपाल राना, सत्यनारायण मानन्धर, अनुप रत्नशाक्य, राधेश्याममचामसीले पनिखादामालालगाएर खेलाडी सुवेदीको बिदाई गरेका थिए।
प्रतियोगितायहि जेठ ५ गते देखि ६ गते सम्मआयोजनाहुनेछ । सवै उमेर समूहकाब्यक्तिहरुले खेल्न मिल्ने खेल युरोप र अमेरिकामानिकैनै लोकप्रिय रहेको छ । नेपालमापनियसको विभिन्न खेल भईसकेको र भारतमाआयोजनाभएको प्रतियोगिताहरुमापनि नेपाली खेलाडीहरुले प्रतिष्पर्धा गर्दै पदकहातपार्न सफलभईसकेका छन् ।
खेलाडी सुवेदीआईतबार स्पेनतर्फ प्रस्थानगर्ने कार्यक्रम रहेको छ ।