बाँसबारी बिद्यालयको व्यवस्थापन समिति सदस्यमा पत्रकार हिरोज लोप्चन पनि चयन
काठमाण्डौँ महानगरपालिका वडा न-३ मा रहेको बाँसबारी माध्मिक बिद्यालयमा अभिभावक भेला गरि विद्यालयको व्यवस्थापन समिति पुनरगठन गरिएको छ ।

व्यवस्थापन समितिको अध्यक्ष श्रीरङ्ग रेग्मी, सदस्य हिरोज लेप्चन, सुरेन्द्र के सी र महिला सदस्यमा दिपिका सिह ठकुरी सर्वसम्मतबाट चयन भएको नवनिर्वाचित सदस्य हिरोज लोप्चनले बताए । विद्यालय व्यवस्थानपन समिति छनोट सहयोग बैठक समितिका संयोजक कामनपा शिक्षा विभागका बरिष्ठ विद्यालय निरिक्षक मोतिराज खनाल सहित स्रोत व्यक्ति यमनाथ चौँलागाई त्यसै गरि प्र.अ अनिल कुमार झा र जनप्रतिनिधिहरुले सदस्यको रुपमा सहजीकरण गरिएको थिए ।

उक्त कार्यक्रममा कामनपा-३ का वडाध्यक्ष प्रेम थापा, कामनपा-४ वडाध्यक्ष दिनेश मर्हजनले नवनिर्वाचित समितिलाई बदाई तथा सफल कार्यकालको शुभकामना मन्तव्य राखेका थिए ।