एसीसी प्रिमियर कप : नेपालले तीन वीकेट गुमायो
काठमाडौं ।एसियाली क्रिकेट काउन्सिल एसीसी प्रिमियर कप समूह चरणको अन्तिम खेलमा नेपालले तीन वीकेट गुमाएको छ ।
कीर्तिपुरस्थित क्रिकेट रंगशालामा कतार विरुद्ध नेपालले ब्याटिङ गर्दैछ । टस हारेर व्याटिङमा उत्रिएको नेपालका ब्याट्सम्यान आसिफ शेख १२.४ ओभरमा १९ रन बनाएर आउट भएका छन् । त्यस्तै, कुशल भुर्तेल ८ वटमा आउट भएका छन् भने, भिम सार्की १२ बलमा आउट भएका छन् ।
नेपाल र कतारबीच अहिलेसम्म एक खेल भएकोमा नेपाल अपराजित रहेको छ । जहाँ समूह ए मा रहेको घरेलु टोली नेपालले कतारसँग खेल्नेछ भने, समूह बी मा हङकङ र कुवेतबीच प्रतिस्पर्धा हुनेछ । सन् २००८मा युएईमा आयोजना भएको एसीसी ट्रफी एलिटमा भएको नेपाल र कतारबीचको खेलमा नेपालले कतारलाई ७ विकेटले हराएको थियो ।
मलेसियाको रोयल मिलिट्रि कलेजको मैदानमा भएको सो खेलमा शक्ति गौचन तथा बसन्त रेग्मीले ३÷३ विकेट लिएका थिए भने, नेपालका लागि ज्ञानेन्द्र मल्लले ८२ बलमा ७६ रनको अर्धशतकीय ईनिङ खेलेका थिए ।
बिहीवारको खेलपछि सेमिफाइनल पुग्ने अन्तिम टोलीसँगै समूह विजेता र उपविजेताको छिनोफानो हुनेछ । समूह ए बाट नेपाल र ओमानले सेमिफाइनलमा यसअघि नै स्थान बनाईसकेका छन् भने, समूह बी बाट पनि ओमानले अन्तिम चरणमा आफ्नो स्थान सुरक्षित गरिसकेको छ ।
प्लेइङ ११ः
आसिफ शेख, रोहित पौडेल,कुशल मल्ल, भिम सार्की, कुशल भुर्तेत, आरिफ शेख, सोमपाल कामी, गुलसन झा,सन्दीप लामिछाने र ललित नारायण राजवंशी
एसीसी प्रिमियर कप ः नेपालले तीन वीकेट गुमायो
काठमाडौं । एसियाली क्रिकेट काउन्सिल एसीसी प्रिमियर कप समूह चरणको अन्तिम खेलमा नेपालले तीन वीकेट गुमाएको छ ।
कीर्तिपुरस्थित क्रिकेट रंगशालामा कतार विरुद्ध नेपालले ब्याटिङ गर्दैछ । टस हारेर व्याटिङमा उत्रिएको नेपालका ब्याट्सम्यान आसिफ शेख १२।४ ओभरमा १९ रन बनाएर आउट भएका छन् । त्यस्तै, कुशल भुर्तेल ८ वटमा आउट भएका छन् भने, भिम सार्की १२ बलमा आउट भएका छन् ।
नेपाल र कतारबीच अहिलेसम्म एक खेल भएकोमा नेपाल अपराजित रहेको छ । जहाँ समूह ए मा रहेको घरेलु टोली नेपालले कतारसँग खेल्नेछ भने, समूह बी मा हङकङ र कुवेतबीच प्रतिस्पर्धा हुनेछ । सन् २००८ मा युएईमा आयोजना भएको एसीसी ट्रफी एलिटमा भएको नेपाल र कतारबीचको खेलमा नेपालले कतारलाई ७ विकेटले हराएको थियो ।
मलेसियाको रोयल मिलिट्रि कलेजको मैदानमा भएको सो खेलमा शक्ति गौचन तथा बसन्त रेग्मीले ३÷३ विकेट लिएका थिए भने, नेपालका लागि ज्ञानेन्द्र मल्लले ८२ बलमा ७६ रनको अर्धशतकीय ईनिङ खेलेका थिए ।
बिहीवारको खेलपछि सेमिफाइनल पुग्ने अन्तिम टोलीसँगै समूह विजेता र उपविजेताको छिनोफानो हुनेछ । समूह ए बाट नेपाल र ओमानले सेमिफाइनलमा यसअघि नै स्थान बनाईसकेका छन् भने, समूह बी बाट पनि ओमानले अन्तिम चरणमा आफ्नो स्थान सुरक्षित गरिसकेको छ ।
प्लेइङ ११ः
आसिफ शेख, रोहित पौडेल, कुशल मल्ल, भिम सार्की, कुशल भुर्तेत, आरिफ शेख, सोमपाल कामी, गुलसन झा, सन्दीप लामिछाने र ललित नारायण राजवंशी