नेपालको फुटबलको विकासकालागिजापान नेपाल फुटबल एशोसिएसन सक्रिय
काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले बिभिन्न देशमा रहेका आफ्ना पूर्व फुटबलहरुलाई नेपाली फुटबलको विकासमा सक्रियबनाउनथालेको छ ।
उनीहरुलाई लिखितरुपमाअधिकार नै दिएर नेपालको फुटबल गतिविधिमा सहयोग गर्न अनुमतिदिएको छ । यहीक्रममाजापानमापूर्व फुटबलर शिव खड्काको संयोजकत्वमा नेपालजापान फुटबल एशोसिएसनको स्थापना गरी बिभिन्नगतिविधिथालिएको छ ।
जापानमा नेपालकापूर्व चर्चित राष्ट्रिय फुटबलहरु फुटबलको गतिविधिमा सक्रिय छन् । पूर्व राष्ट्रिय खेलाडी वसन्तगौचनले आफ्नो नाममा एकेडेमी नै स्थापना गरेर नेपाली र जापानीबालबालिकालाई फुटबलको प्रशिक्षण दिदै आएका छन् । हालैमात्र नेपालबाट गएका १२ बर्ष मुनिका एक टोलीलाई गौचनको एकेडेमीमा प्रशिक्षण दिइएको थियो ।
यस्तै जापानमापूर्व राष्ट्रिय फुटबल खेलाडी नरेश जोशी, हरि ठकुरी लगायतपनि सक्रिय छन् । नेपालजापान फुटबल एशोसिएसनले हालजापानमा नेपाली फुटबलको विकासलाई लक्षित गरी बिभिन्नकार्यक्रमगर्न थालेको छ ।
अहिले आफुहरु नेपालको फुटबललाई कसरी सहयोग गर्न सकिन्छ भन्नेमा छलफलमा रहेको संयोजक खड्काले बताए । उनले चाँडै एशोसिएसनले योजनाबद्धरुपमा कार्यक्रम अघि बढाउने पनिबताए ।