पार्टी भित्रको सामाजिक सञ्जालहरुबाट ढाका श्रेष्ठलाई आउट गरी सक्यौ
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्र्टीका नेता मनिष झाले डा.ढाकाकुमार श्रेष्ठको टेलिफोन संवाद प्रकरण पश्चात उनीमाथि पार्टीले गम्भीर कदम चालेको जानकारी दिएका छन् । उनले श्रेष्ठलाई पार्टीभित्रको सामाजिक सञ्जालहरु आउट गरेर प्रारम्भिक कारवाही थालिएको बताए ।
सोमवार प्रतिनिधि सभा बैठक पछि संसद भवन परिसरमा पत्रकारहरुसंग झाले पार्र्टीको निर्णय अनुसार दोषी ठहर भए श्रेष्ठमाथि कारवाही प्रकृया अगाडि बढाउने वताए । उनले अन्य व्यक्तिसंग प्रभावित गर्ने सम्वाद नहोस भनेर श्रेष्ठलाई सामाजिक सञ्जालका पार्टी भित्रकोसमुहवाट आउट गरिएको पनि प्रष्ट पारे ।
पार्र्टी सभापति रवि लामिछानेले भनिसक्नु भएको छ ७२ घण्टा सम्म निर्णयमा पुगेका हुन्छौ ।दोषी ठहर भए कारवाही गछौं । हिजो देखि नै हाम्रो पार्र्टीको सञ्चार माध्यमहरुमा सामाजिक सञ्जालहरुमा रहेको हरेक समूहवाट उहाँलाई आउट गरी सक्यौ उहाँले हामी कसैसँग सम्वाद नगरोस कसैलाई पनि प्रभाव गर्ने नसकोस भनेर उनलाई आउट गरिएको हो ।
उनले भने, पार्र्टीको लागि एउटा सांसद भन्दा पनि मतदाता प्यारो भएको भन्दै मतदाताको आशा भरोसा र सपना महत्वपूर्ण भएको वताए
उनले भने ,अनुशासन समिति गठन भइसकेपछि डा ढाकाकुमार श्रेष्ठले हामी संग व्यक्तिगत रुपमा संवाद र छलफल गर्नु राम्रो अभ्यास देखिदैन ।