पाँचौ राष्ट्रब्यापी स्ट्रिट वर्कआउट प्रतियोगिता शनिबार काठमाडौंमा हुने
काठमाडौं । नेपालीयुथ फिटनेश एण्ड केलिस्थेनिक्स (एन.वाई.एफ.सी.) संस्थाको आयोजनामापाँचौ राष्ट्रव्यापी स्ट्रिटवर्कआउट प्रतियोगिता शनिबार हुने भएको छ ।
हिमालयन क्विस्टाप्रोको (प्रोटिन सप्लिमेन्ट कम्पनी) मुख्यप्रायोजनमाशनिबार हुने प्रतियोगिताको तयारी पूरा भएको बताइएको छ । आईतबार आयोजित कार्यक्रममा आयोजकले बैशाख ९ गते नक्सालस्थित नारायण चौरमाहुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी गराए ।
बार वर्कआउट र सर्किट वर्कआउट गरि दुई विधामाहुने प्रतियोगितामा पुरुषबार, पुरुष सर्किट, महिला सर्किट, सिनियर ४० बर्ष माथिको सर्किट र अन्डर १६ बार गरि ५ समूहमा नेपालभरिबाट ३५० देखि ४०० खेलाडीहरुले प्रतिष्पर्धा गर्ने आयोजकको भनाइ छ । त्यसबाट छनौट भएकाअन्तिम २ सय खेलाडीले फाईनलकालागिप्रतिस्पर्धा गर्नेछन् ।
बार वर्कआउट र सर्किट वर्कआउटको संयुक्तविधामाकम समयमाउत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई विजयी घोषित गरि फिटनेश एथलेट उपाधि सहितनगद ५१ हजारका साथ स्वर्ण पदक र प्रमाण पत्रप्रदानगरिनेछ । विधागतप्रथम, द्वितीयतथा तृतीयहुने खेलाडीले क्रमशःनगद २० हजार, १५ हजार र १० हजार नगद सहित प्रमाण पत्रले सम्मानगरिने छ । प्रतियोगिताको अनुमानित बजेट २० लाख रहेको समेत आयोजकले बताएका छन् ।