चलचित्र निर्माताहरु पत्रकारलाई ‘वायस’ गर्न खोज्दैछन : चलचित्र पत्रकार संघ
काठमाडौं । चलचित्रपत्रकार संघ नेपालले पछिल्लो समय चलचित्रहरु निर्माताहरुले सञ्चार माध्यमहरुलाई पन्छाउन अर्थात ‘वायस’गर्न खोजिरहेको आरोप लगाएको छ ।
बुधबार चलचित्रबिकास बोर्डमापत्रकार सम्मेलनको आयोजनागर्दै चलचित्रपत्रकार संघ नेपालकाअध्यक्ष समिर बलामीले पछिल्लो समय चलचित्रहरुले मिडियालाई वायस गर्न खोजिरहेको भन्दै यसको विरुद्धमा पत्रकारहरु लाग्नु पर्ने बताए ।
उनले चलचित्रक्षेत्रलाई विकासकालागिचलचित्रपत्रकार संघआवश्यकभएको हुनाले संघ र चलचित्रजगतबीचको सम्बन्ध राम्रो बनाउदैँ लानुपर्ने बताए ।
उनले भने, पत्रकारविना, चलचित्रनचल्ने अवस्था हुन्छ । यस्तो अवस्थाआउननदिनहाम्रो सम्बन्ध राम्रो रहोस । पछिल्लो समय चलचित्रहरुले मिडियालाई वायस गर्न खोजिरहेको छ, यसको विरुद्धमा पत्रकारहरु लाग्नु पर्छ ।चलचित्र संघ र चलचित्रपत्रकार संघ मिलेर अन्तरक्रियाकार्यक्रमगर्नुपर्छ ।
अध्यक्षबलामीले नेपालीमात्रनभई जातीयचलचित्रलाई पनिप्राथमिकतामा राखेर लानुपर्ने भन्दै चलचित्र क्षेत्रको विकासको लागि सञ्चारजगतको तर्फबाट सक्दो कामहरु गर्दै जाने बताए ।
पत्रकार सम्मेलनमाआगामी जेष्ठ ७गते हुने सम्मानतथा पुरस्कारवितरणको कार्यक्रमको बारेमाजानकारी दिइएको थियो ।
पत्रकार सम्मेलनमाचलचित्रविकास बोर्डका अध्यक्षभुवन केसीले चलचित्रपत्रकार संघ नेपालले आयोजनागर्न लागेको कार्यक्रममा सधैँ सहयोग गर्न तयार रहेको बताए ।
उनले मन्त्रालयमाचलचित्र ऐनको लागिपहलभएको भन्दै मन्त्रालय र मन्त्रीले यसलाई सक्दो छिटो कार्यान्वयनगर्न सकारात्मक रहेको बताए ।
यस्तो काममाकलाकार र प्रविधिका साथीहरु एकअर्कासँग हातेमालो गर्दै मिलेर अगाडि बढ्नुपर्ने पनिअध्यक्ष केसीको भनाइथियो ।
चलचित्र निर्माताहरु पत्रकारलाई ‘वायस’ गर्न खोज्दैछन ः चलचित्र पत्रकार संघ
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालले पछिल्लो समय चलचित्रहरु निर्माताहरुले सञ्चार माध्यमहरुलाई पन्छाउन अर्थात ‘वायस’ गर्न खोजिरहेको आरोप लगाएको छ ।
बुधबार चलचित्र बिकास बोर्डमा पत्रकार सम्मेलनको आयोजना गर्दै चलचित्र पत्रकार संघ नेपालका अध्यक्ष समिर बलामीले पछिल्लो समय चलचित्रहरुले मिडियालाई वायस गर्न खोजिरहेको भन्दै यसको विरुद्धमा पत्रकारहरु लाग्नु पर्ने बताए ।
उनले चलचित्र क्षेत्रलाई विकासका लागि चलचित्र पत्रकार संघ आवश्यक भएको हुनाले संघ र चलचित्र जगतबीचको सम्बन्ध राम्रो बनाउदैँ लानुपर्ने बताए ।
उनले भने, पत्रकार विना, चलचित्र नचल्ने अवस्था हुन्छ । यस्तो अवस्था आउन नदिन हाम्रो सम्बन्ध राम्रो रहोस । पछिल्लो समय चलचित्रहरुले मिडियालाई वायस गर्न खोजिरहेको छ, यसको विरुद्धमा पत्रकारहरु लाग्नु पर्छ । चलचित्र संघ र चलचित्र पत्रकार संघ मिलेर अन्तरक्रिया कार्यक्रम गर्नुपर्छ ।
अध्यक्ष बलामीले नेपाली मात्र नभई जातीय चलचित्रलाई पनि प्राथमिकतामा राखेर लानुपर्ने भन्दै चलचित्र क्षेत्रको विकासको लागि सञ्चारजगतको तर्फबाट सक्दो कामहरु गर्दै जाने बताए ।
पत्रकार सम्मेलनमा आगामी जेष्ठ ७ गते हुने सम्मान तथा पुरस्कार वितरणको कार्यक्रमको बारेमा जानकारी दिइएको थियो ।
पत्रकार सम्मेलनमा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले चलचित्र पत्रकार संघ नेपालले आयोजना गर्न लागेको कार्यक्रममा सधैँ सहयोग गर्न तयार रहेको बताए ।
उनले मन्त्रालयमा चलचित्र ऐनको लागि पहल भएको भन्दै मन्त्रालय र मन्त्रीले यसलाई सक्दो छिटो कार्यान्वयन गर्न सकारात्मक रहेको बताए ।
यस्तो काममा कलाकार र प्रविधिका साथीहरु एकअर्कासँग हातेमालो गर्दै मिलेर अगाडि बढ्नुपर्ने पनि अध्यक्ष केसीको भनाइ थियो ।