कचनकबलमा विद्यालय बस दुर्घटना, १३ विद्यार्थी घाइते
झापाको कचनकबल गाउँपालिका–३ मा विद्यार्थी बोकेको विद्यालय बस दुर्घटना हुँदा १३ जना घाइते भएका छन्।
विद्यापानी माध्यमिक विद्यालयको बसले मोटरसाइकललाई ठक्कर दिँदा अनियन्त्रित भई पल्टिएको प्रहरीले जनाएको छ। बसमा सवार १८ मध्ये १३ विद्यार्थी घाइते भएका हुन्।
घाइतेमध्ये ११ जनाको बिर्तामोडस्थित मनमोहन सामुदायिक अस्पतालमा उपचार भइरहेको छ। मोटरसाइकल चालक ओमप्रसाद तिम्सिना पनि घाइते भएका छन् भने बस चालक फरार रहेका छन्।