देशको विधिविधानमा मिचेर गरिएका कार्य किमार्थ स्वीकार्य हुन्न
काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादु्र केसीले सरकारले राष्ट्रिय परिचयपत्रमा समावेश गरिएका नागरिकका संवेदनशील विवरण रुजु गर्न निजी कम्पनीलाई ठेक्का दिन लागेको प्रति आपत्ति जनाएका छन् ।
आइतवार राष्ट्रिय सभाको बैठकमा अध्यक्ष केसीले भने ‘राष्ट्रिय परिचय पत्रमा आवद्ध नागरिकका संवेदनशील विवरण रुजु गर्न सरकारले त्यसलाई निजी कम्पनीलाई हतारमा ठेक्का दिनु आपत्तिजनक छ ।’
उनलेसरकारको गरेको निर्णयले एकातिर नागरिका व्यक्तिगत र जैवीक विवरणमा एजेन्टको पहुँच पुग्ने र अर्कातिर त्यहि संकलित विवरण माथि आर्थिक कारोबार गर्ने स्थिति आउने भन्दै उक्त निर्णय प्रति असहमति जनाएका हुन् ।
‘यो कारोबारको ठेक्का दिदा देशको विधिविधानले स्थापित गरेको मापद्दण्ड भन्दा घटाएर जम्मा सात दिनको बोलपत्र आवह्वान गर्ने कार्य कानूनी रुपमा अक्षम्य छ ।’ उनले थपे ।
केसीले देशको विधिविधान मिचेर गरिएका आर्थिक स्वार्थका कुरालाई जुनै आवरणमा रहेपनि कानूनी सम्परीक्षणमा ल्याउनुपर्ने र त्यस्ता कार्यहरु आफुहरुलाई स्वीकार्य नहुने बताए ।