राष्ट्रपतिमा सुवासलाई भोट माग्न पुगे केपी ओली वामदेव निवास
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली वामपन्थी नेता वामदेव गौतमलाई भेट्न भैंसेपाटी पुगेका छन् । नेकपा विभाजनपछि गौतम एकता राष्ट्रिय अभियान नामक पार्टी गठन गरेर छुट्टै गतिविधि सञ्चालन गर्दै आएका छन् । राष्ट्रपतिमा उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ एमालेबाट उम्मेदवार बनेपछि राष्ट्रियसभा सदस्यसमेत रहेका गौतमलाई भेट्न अध्यक्ष ओली उनको निवास पुगेका हुन् ।