लायन्स क्लब अफ काठमाडौँ जोरपाटीको चार्टर डे कार्यक्रम सम्पन्न
२०७९ साल फागुन १६ गते मंगलबार लायन्स क्लब अफ् काठमाडौं जोरपाटीले आफ्नो स्थापन दिवस (चार्टर डे) ओदान रिसोट,इन्द्रायणिमा सम्पन्न गरेको छ ।
लायन्स क्लब अफ् काठमाडौं जोरपाटीका अध्यक्ष लायन प्रकाश अधिकारी ज्युको अध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख अथितीका रुपमा गोकर्णेश्वर नगरपालिका मेयर दिपक रिसाल रहनु भएको थियो । मेयर दिपक रिसाल पनि लायन्स क्लब अफ् काठमाडौं जोरपाटीका सदस्य हुनुहुन्छ। उनी लगायत गोकर्णेश्वर नगरपालिका प्रवक्ता तथा वडा ५ का वडाध्यक्ष नारायण सुबेदी पनि उक्त कार्यक्रममा उपस्थित हुनुभएको थिए । उहाँपनि उक्त क्लबको सदस्य हुनुहुन्छ ।

त्यसै गरी उक्त कार्यक्रममा डिष्ट्रीक्ट घद्दछ डि का डिष्ट्रीक्ट गभर्नर लायन बिष्णु भाई श्रेष्ठ, डिष्ट्रीक्ट फष्ट लेडी लायन रमा देवी श्रेष्ठ, फस्ट भाईस गभर्नर रमेश लामा, सेकेन्ड भाईस गभर्नर सुरेन्द्र प्रकाश बालय, क्लबका चार्टर प्रेसिडेन्ट, 325 ए 1 का डिष्ट्रीक्ट गभर्नर,मल्टिपल डिष्ट्रीक्ट इन्भारमेन्ट चेयरपर्सन लायन कुमार राज सुवेदी, क्याबिनेट सेक्रेटरी लायन महेश आचार्य, क्याबिनेट टेजर्र लब कुमार श्रेष्ठ, चिफ एरिया कोअर्डिनेटर डिष्ट्रीक्ट जिईटी कोअडिर्नेटर लायन दिपक चापागाई, डिष्ट्रीक्ट एम् जि अफ् कोअर्डिनेटर लायन रमेश रिजाल, चिफ हङ्गर रिलिफ लायन आनन्द बराल, चिफ कन्सिटिउसन लायन राकेश चक्रधर, चिफ सिनियर सिटिजन्स् सर्भिस लायन विष्णु लामिछाने, को-चिफ एड्भाइजर लायन दिपक कुमार भण्डारी, डिष्ट्रीक्ट एड्भाइजर लायन कुमार श्रेष्ठ, राष्ट्रिय सहिद स्मारक पार्कका अध्यक्ष तथा क्लबका पुर्व अध्यक्ष लायन सुदर्शन सिक्देल,जोन चियर पर्सन लायन बबिता लामा राजभण्डारी, लायन्स क्लब अफ काठमाण्डौं मनोहराका प्रेसिडेन्ट लायन राजेन्द्र दुलाल, समाजसेवी मधुकराज भण्डारी, नेपाली काङ्ग्रसका नेता राजु सुनुवार, क्लबका फस्ट भाईस प्रेसिडेन्ट तथा डिष्ट्रीक्ट एडिस्नल क्याबिनेट सेक्रेटरी लायन निराजन श्रेष्ठ, क्लबका सेकेन्ड भाईस प्रेसिडेन्ट लायन दुर्गा बराल, क्लबका थर्ड भाईस प्रेसिडेन्ट लायन माधब घिमिरे, क्लबका सेक्रेटरी गणेश प्रसाद कोइराला, टेजर्र माधब उप्रेती, मार्केटिङ तथा कम्मुनिकेसन कोअर्डिनेटर सरला सुवाल, पुर्व अध्यक्ष लायन शारदा सुवेदी, ज्वाइन्ट सेक्रेटरी लायन सुस्मा सुवाल, ज्वाइन्ट टेजर्र लायन कृष्ण माया बस्नेत, सदस्य सुशीला बराल, समिता श्रेष्ठ लगायत अन्य व्यक्तिहरू को सहभागिता रहेको थियो ।

उक्त कार्यक्रममा पुर्व अध्यक्षहरुलाई मायाको चिनो र ढाकाटोपीले सम्मान गरिएको थियो ।
