यो वर्ष कालिन्चोकमा पहिलोपटक हिमपात
दोलखाको कालिञ्चोक क्षेत्रमा हिमपात सुरु भएको छ । आइतबार दिउँसो देखिनै कालिञ्चोकको कुरी क्षेत्रमा हिउँ परिरहेको हो । जिल्लाको उच्च भेगमा हिमपात भइरहेको छ भने सदरमुकाम चरिकोट आसपासमा सिमसिम पानी परिरहेको छ । यो वर्ष कालिन्चोकमा पहिलोपटक हिमपात भएको हो।